म्यानपावर व्यवसायी बने साँसद, तीनजना श्रममन्त्री पराजीत    

 

काठमाडौं, मंसिर २७-

हालै सम्पन्न भएको निर्वाचन मार्फत बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष लालप्रसाद(एलपी) साँवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका श्रम तथा रोजगार मन्त्री पराजीत भएका छन् यसरी पराजीत हुने मध्ये वर्तमान श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसँगै पूर्व श्रम तथा रोजगार मन्त्री दीपक बोहरा तथा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ रहेका छन्  

संघका पूर्व अध्यक्ष रहेका साँवा झापा क्षेत्र नम्बर बाट विजयी भए नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका उनी नेपाली कांग्रेसका उम्मेद्वार देउकुमार थेवेलाई पराजित गर्दै निर्वाचित भए साँवाले ४३ हजार सय १५ मत प्राप्त गरे भने थेवेले २६ हजार सय २२ मत पाए साँवा ०६२ सालमा बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष थिए

अर्कातर्फ श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर भने बारा क्षेत्र नम्बर बाट पराजित भए नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री मन्सुरले १६ हजार २६ मत प्राप्त गर्दा संघीय समाजवादी फोरमका रामवावु कुमार यादवले २१ हजार सय ३६ मत प्राप्त गरी विजयी भए सो क्षेत्रमा मन्त्री मन्सुर बाम गठवन्धनका उम्मेदवार भन्दा पछि रहँदै तेश्रो भए

बोहरा पनि बाहिरै

केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रम तथा रोजगार मन्त्रालय सम्हालेका राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री दिपक बोहरा पनि यसपटकको निर्वाचन पश्चात संसद बाहिर नै रहनेमा परेका छन् रुपन्देही क्षेत्र नम्बर बाट चुनाव लडेका उनी नेकपा एमालेका नेता, बाम गठवन्धनका उम्मेदवार घनश्याम भुसालसँग पराजित भए बोहराले २७ हजार सय २२ मत पाए भनें भुसाल ३२ हजार सय ६६ मत प्राप्त गर्दै विजयी भए वर्तमान सरकारमा स्वास्थ्य मन्त्री रहेका बोहरा राजनीतिमा निक्कै चतुर खेलाडी मानिन्छन्

हारे टेकबहादुर 

फ्रिभिसा फ्रिटिकटको निर्णय गरेर निक्कै चर्चा बटुलेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ पनि यसपटक पराजीत भए मनाङबाट चुनाव लडेका उनी बाम गठवन्धनका उम्मेदवार नेकपा एमालेका नेता पाल्देन छोपाङ गुरुङसँग पराजीत भए नेपाली कांग्रेस, मनाङका सभापति समेत रहेका उनी सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भएका थिए मन्त्री नभएका कारण श्रम मन्त्रालय चलाउने अधिकार पाएका उनी बैदेशिक रोजगार व्यवसायीको पृष्ठभूमिका हुन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: