दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मालाई(तस्वीरहरु सहित)

 

समिम मियाँ,साइप्रस, मङ्सिर २५ 

दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मा लामाले जितेकी छिन् । मिस नेपाल साइप्रसको फष्ट रनरअप सृष्टिना महर्जन र सेकेण्ड रनरअप पवित्रा घिमिरे भए ।

राजधानी निकोसियामा आईतबार सम्पन्न भएको फाईनल राउण्डमा अन्य ९ सब टाइटल अवार्ड पनि प्रदान गरिएको छ । बिजेताहरुमा मिस पर्सनालिटीमा सृष्टिना महर्जन, बेस्ट ट्यालेन्टमा रेश्मा बज्राचार्य, बेस्ट कन्फीडेन्स तथा पर्फर्मेन्समा फर्पु लामा, बेस्ट हेयरमा संदोमा शेर्पा, बेस्ट ड्रेसमा फर्पु लामा, बेस्ट वाकमा डोमा लामा तामांग र छिरिंग डोल्मा लामा साथै मोस्ट पपुलर र बेस्ट स्माइलमा सरु नेपाल रहेका छन् ।

कार्यक्रमका आकर्षण हाँस्य कलाकार जितु नेपालले देशको समसामयिक विषयमा व्यंग्य गर्दै दर्शकलाई पेट मिचिमिची हँसाए । साथै मिस नेपाल साइप्रसका टप बाह्र सुन्दरीसंग ए दाजु नसमाउ नाडीमाबोलको गितमा ठुम्का लगाउदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे । टप बाह्र का प्रतियोगीहरुले विविध गित र नृत्य पनि प्रस्तुत गरे ।

गौरब नेपालले हंगामा भोबोलको गित गाएर दर्शक उफारे । बोल्दैन त्यो तिम्रो तस्बिरबोलको गीतमा नृत्य प्रस्तुत गर्दै डान्सर बिशांतजंग शाहीले वाहवाही बटुले । चर्चित कोरियोग्राफर निरन्जन खत्री र सबिता ठाकुरले चिलबिल चिलाबिल चाँचारीबोलको गीतमा दमदार नृत्य प्रस्तुत गरे।

 

रोजिना जोशीको सभापतित्वमा भएको कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल र स्पिन इभेन्ट्सका प्रबन्ध निर्देशक निकेश प्रसाद जोशीको प्रमुख आतिथ्यता थियो । निर्णायक मण्डलमा सुरेश कुमार परियार, रंजित कुमार महतो, निलम पंजियार, जसुमाया पुन, गोबिन्द गुरुङ र यांकी ह्याल्मो रहेका थिए । कार्यक्रम डीएसआर टिमले आयोजना गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: