जरिवाना तिर्न नसकेर घर फर्किन समस्या

काठमाडौं, मंसिर २५-

कुवेतको ठूलो कम्पनी खराफी नेसनल कम्पनीमा कामविहीन भएर समस्या भोगिरहेका झन्डै २ सय नेपालीको गरमा (जरिवाना) भुक्तानी हुन नसक्दा उद्धार गर्न सकिएको छैन । करिब ८ महिनायता तलब पाउनबाट वञ्चित भएका नेपालीसहित विदेशी कामदारको भिसा कम्पनीले नवीकरण गरिदिएको छैन । कुवेती निकायमा गैरकानुनी हैसियतमा रहेका कामदारको जरिवाना भुक्तानी भएपछि मात्रै स्वदेश फिर्न अनुमति मिल्ने प्रावधान छ ।

झन्डै दुई सय कामदारमध्ये दूतावासमा दुईवटा समूह गरी ९४ जनाले मात्रै आफ्नो विवरण बुझाएका छन् । जसमा सबैभन्दा बढी एसओएस म्यानपावरबाट गएका ८३, अलकरिमबाट गएका ८ र लोटसबाट ४ जना रहेका छन् । दूतावासमा पुगेका सबै कामदारले आफूहरू स्वदेश फिर्न तयार भएको बताए । एक महिनादेखि कामसमेत नपाएका ती कामदार ८ महिनादेखि नै समस्यामा छन् । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

 

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय