७६औं डबली सम्पन्न

 

दीलिप पराजुली, दोहा, मंसिर २४-

लामो समय देखी नेपाली साहित्यको क्षेत्रमा सहयोग पुर्याउँदै आएका संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज, कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय, कतारले आफ्नो डबलीको ७६ औं श्रृंखला सम्पन्न गरेका छन । हरेक महिनाको दोश्रो शुक्रबार डबली आयोजना गरिन्छ ।

कार्यक्रम मैथिली साहित्यका धरोहर महाकवि बिध्यापतिको ५ सय ६९औ स्मृति समारोह बिशेष परेकोले कार्यक्रमको माहोल झन् तातिएको थियो ।  कार्यक्रममा दुई  दर्जन भन्दा बढी सर्जकहरुले आफ्ना सिर्जना पस्केका थिए । कार्यक्रमको बिशिस्ट श्रोताका रुपमा सतिश कुमार यादव रहेका थिए भने कार्यक्रमलाई बिन्देश्वर ठाकुरले सञ्चालन गरेका थिए ।  

हरेक सर्जकको गजल तथा कवितामा देशप्रेम, घरदेशको चुनावी माहोल  र परदेशको पीडा समेटिएको थियो । कार्यक्रमको अन्त्यमा बिशिष्ट श्रोता यादवले कार्यक्रम भाषा र साहित्यलाई प्रवासमा रहेर पनि जोड दिन सकिने रहेछ भन्ने उदाहरण डवलीबाट सिक्नु पर्ने बताए । उनले लामो समय देखी चलेको डबलीले निरन्तरता पाइरहोस भन्दै कार्यक्रमको समापन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय