मतगणनाको पहिलो दिन, यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य  

  

काठमाडौं, मंसिर २२-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २९ पैसा र विक्रि दर २८ रुपैंयाँ ४६ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २१ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६३ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ २० पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३५ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३४१ रुपैंया १ पैसा छ भनें विक्रि दर ३४३ रुपैंयाँ छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ७८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय