
लक्ष्मण सापकोटा,युएई, मंसीर २१-
एनआरएनए युएईले समस्यामा परी दुतावासको शरणमा पुगेकी एक महिलालाई नेपाल फिर्ता पठाउन आर्थीक सहयोग गरेको छ । युएईमा विगत ७ महिनादेखी कार्यरत मोरङकी सुमित्रा खवास ३ महिनादेखी तलव नपाएर समस्यामा परेकी हुन ।
भिजीट भिसामा युएई आएर घरेलु कामदारको रुपमा कार्यरत सुमित्रा काम कठिन र पारिश्रमिक पनि नपाएकोले त्यहाँवाट भागेर एनआरएनए युएईको सम्पर्कमा आएकी थिईन । एनआरएनएको सम्पर्कमा आएर सहयोगको लागि आग्रह गरेपछि एनआरएनएले दुतावाससंग सम्पर्क गराएको थियो । दुतावासको सम्पर्कमा आएकी सुमित्रा करिव २ हप्तादेखी दुतावासको सेल्टरमा वस्दै आएकी छिन ।
युएईको अलएनमा अरवीको घरमा घरेलु कामदारको रुपमा कार्यरत सुमित्रालाई एनआरएनए युएईले हवाइ टिकटका लागि लाग्ने खर्च वुधवार प्रदान गरेको हो । एनआरएनए युएईका उपाध्यक्ष निर्मल कुमार पोख्रेलले दुतावासको रोहवरमा सुमित्रालाई रकम हस्तान्तरण गरेका थिए । दुतावासवाट कागजी प्रक्रिया पुरा भएपछि अवको केही दिन भित्र सुमित्रा नेपाल फर्किन उपाध्यक्ष पोख्रेलले जानकारी दिए ।