आज कति छ रियाल, रिंगिट, दिराम र दिनारको मूल्य ?  

काठमाडौं, मंसिर २०-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २० पैसा र विक्रि दर २८ रुपैंयाँ ३७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १३ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ३९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५५ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ २५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ४० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया ३४ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ३३ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ३५ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ९४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् जोर्डनमा नेपाली कामदारः दाताको सहयोग पाउँदा निःशुल्क, अन्यथा कामदारसँग ७० हजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय