
रवि रोशी, दोहा, मंसिर १९-
डिसेम्बर ९ तारिखको दिन कतार रेडक्रेसन्टले आयोजना गरेको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसमा नेपाली समुदाय पनि सहभागी हुने भएको छ ।
कतार रेडक्रेसेन्टका अध्यक्ष मोहम्मद विन घानम अल अलि अल मआजिदले सवै आप्रवासीहरुलाई निमन्त्रणा गरी कार्यक्रममा सहभागी हुन अनुरोध गरेका थिए ।
दोहा स्थित कतार रेडक्रेसेन्टको कार्यालयमा हिजो बसेको समुदाय र आयोजक संगको बैठकपछि हिजो साँझ विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरु राष्ट्रिय मानवअधिकार समितीको सभाहलमा बृहत छलफल गरी कार्यविभाजन गरिएको छ ।
मानवअधिकार समिति कतारका लिगल कन्सल्टेन्ट प्रोफेसर रमजान अलि मियाँ नेपाली समुदायको मुख्य संयोजनकारी भूमिकामा रही कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको छ ।
सोही अनुरुप कार्यक्रम मुख्य संयोजनकारी भूमिकामा प्रोफेसर रमजान अलि मियाँ र व्यवसायी माया केसी, व्यवस्थापनमा अब्दुल हाफिज, रजिष्ट्रेशनमा प्रभात त्रिपाठी, महिला व्यवस्थापनमा अम्बिका खत्री, रजिष्ट्रेशनमा इन्दिरा गोले रहेका छन् ।
त्यसैगरी इभेन्ट कोअर्डिनेटरमा चानक पोख्रेल र तेज कटुवाल, खेलकुद संयोजकमा रामजी गिरी रहेका छन् ।
मिडिया कोअर्डिनेटरमा रवि रोषीलाई चयन गरिएको छ भने पत्रकार निमा भुषाल र दिल सञ्चार कार्यदलका साथै फोटोग्राफरमा तिलु शर्मा पौडेललाई चयन गरिएको छ ।
आगामी डिसेम्बर ९ शनिवारको दिन दिउँसो २ः३० बजे उपस्थित हुन चाहने जो कोहि नेपालीलाई दोहाको अल अहली क्लवको खेल परिसर भित्र उपस्थित हुन पनि नेपाली समुदायको तर्फबाट सवैलाई आग्रह गरिएको छ ।
गैर आवासीय नेपाली संघको विशेष भूमिका रहने सो दिवसमा कतारमा गठित विभिन्न संघ संस्थाहरुमा आवद्ध सबैलाई कार्यक्रममा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।
उक्त अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कार्यक्रममा कतार रेडक्रेसेन्टले विभिन्न देशबाट कतारमा रहँदै आएका आप्रवासीहरुलाई पुरस्कार सहितको मनोरन्जनात्मक तथा प्रतिस्पर्धात्मक खेल रहेको पनि आयोजक पक्षले जनाएको छ ।
बालबालिकाहरुको चित्रकला प्रतियोगिता महिलाहरु बीचको मनोरन्जनात्मक खेल, डोरी तान्ने, घैंटो फुटाउने, म्युजिकल चेयर, २०० मिटर, ४०० मिटर र ७०० मिटर दौड प्रतियोगिता पनि रहेको र उपस्थित सबैलाई फलफुल जुस पनि वितरण गरिने कुरा आयोजक पक्षको रहेको छ ।
यो पनि पढ्नुहोस् नेपालमा सिधा उडान हुन लागेकोमा दूतावासद्धारा खुशी व्यक्त