नेपालमा सिधा उडान हुन लागेकोमा दूतावासद्धारा खुशी व्यक्त

काठमाडौं, मंसिर १९-

कुवेतबाट नेपालमा सिधा हवाई उडान सुरु हुन लागेकोमा कुवेतस्थीत नेपाली दूतावासले खुशी व्यक्त गरेको छ । मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै दूतावासले यसले दुई देशबीचको सम्वन्ध सुदृढ हुनुका साथै कुवेतमा रहेका नेपाली तथा नेपाल भ्रमण गर्न चाहने कुवेती नागरिकलाई सहजता हुने जनाएको छ ।

वातानिया एयरले सुरु गर्न लागेको सिधा उडानका सन्दर्भमा यसअघि पनि दूतावासले यसरवेजका उच्च तहका कर्मचारीहरुसँग पटक पटक छलफल गरेको विज्ञप्तीमा जनाइएको छ । सो एयरले मंसिर २० गतेदेखि नेपाल कुवेतबीच सिधा उडान गर्दैछ ।

यो पनि पढ्नुहोस् कतारी मालिकले नेपाली कामदारलाई गरे ६ लाख सहयोग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय