कतारी मालिकले नेपाली कामदारलाई गरे ६ लाख सहयोग

काठमाडौं, मंसिर १९-

कतारको नासर अल अलि इन्टरप्रार्इजेजका मालिक नासर अलि जामेल जदिद अल अलिले आफ्नो कम्पनीमा कार्यरत राजबहादुर केवटका छोराको उपचारका लागि कतारी रियाल २० हजार ५ सय अर्थात करिव लाख सहयोग  गरेका छन्

गत जुलाईमा नेपालमा रहेका केवटका छोराको खेल्ने क्रममा बलले टाउकोमा लागेर मस्तिष्कमा आघात पुगेकोले उनको सघन उपचार गर्नुपर्ने डक्टरले बताएपछि परिवारजनले कतारमा रहेका पिता राजबहादुरले आफ्ना मालिकलाई सो कुरा बताएका थिए

नेपाली कामदारहरुको बाहुल्यता रहेको सो कम्पनीका मालिक अलिले उनलाई सो सहयोग गरेका हुन् यसअघि भुकम्प पिडितका लागि खाद्यान्न तथा लत्ताकपडा पनि सहयोग गरेका उनले धुर्मुस सुन्तली फाउन्डेशन अन्तर्गत सिन्धुपाल्चोकको गिरानचौरमा भवन निर्माणमा खटिएका कामदारहरुको लागि सेप्टी ज्याकेट, हेल्मेट, सेफटी जुत्ता लगायतका सामग्री कतारबाट नै पठाएका थिए यसैगरी उनले आफ्नो कम्पनीमा काम गर्ने आर्थिक अवस्था कमजोर भएका कामदारहरुको नेपालमा घर बनाईदिने, बालबच्चाको शिक्षामा सहयोग गर्ने लगायतका काम गर्दै आएका छन्

यो पनि पढ्नुहोस् महानिर्देशक नहुँदा म्यानपावर व्यवसायीको मनोमानी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय