महानिर्देशक नहुँदा म्यानपावर व्यवसायीको मनोमानी

काठमाडौं, मंसिर १९-

वैदेशिक रोजगार विभागमा महानिर्देशक नहुँदा म्यानपावर व्यवसायीले विभागलाई टेर्न छोडेका छन् विभागका तत्कालिन महानिर्देशक विश्वराज पाण्डे अख्तियारद्धारा भ्रष्टाचारको अभियोगमा गत कात्तिक २९ गते पक्राउ परेपछि म्यानपावर व्यवसायीको मनोमानी बढेको उजुरी परेका म्यानपावर कम्पनीलाई कारबाही गर्ने अधिकार विभागका महानिर्देशकलाई हुन्छ अन्य कर्मचारीलाई त्यस्तो अधिकार नभएका कारण म्यानपावर व्यवसायीको मनोवल बढेको

विभागका निर्देशक मोहन अधिकारीले कारबाही गर्ने अधिकार प्राप्त महानिर्देशक नहुँदा हाल उजुरी दर्ता गर्ने, अनुसन्धान अधिकृत तोक्ने अनुगमन गर्ने काम भएपनि दोषिलाई कारबाही नहुँदा काम प्रभावित भएको बताए उजुरीको फैसला गर्ने अधिकार महानिर्देशकलाई मात्रै हुने भएकाले पीडितलाई न्याय दिने काम प्रभावित भएको उनको भनाई

महानिर्देशक पाण्डे पक्राउ परेपछि सात वटा म्यानपावर कम्पनीको कारोबार रोक्का गर्नुपर्ने अवस्था आएपनि त्यसो गर्न नसकिएको उनले बताए यसैगरी अदालतबाट सिफारिस भएर आएका म्यानपवार दर्ताको काम पनि रोकिएको निर्देशक अधिकारीका अनुसार म्यानपावर कम्पनी दर्ताका लागि अदालतबाट यसबीचमा सातवटा सिफारिस आइसकेका छन्

यो पनि पढ्नुहोस् साउदी अरवले सुरु गर्यो टुरिष्ट भिसा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय