
विन्देश मगर, दमाद, मंसिर १९-
साउदी अरव भ्रमण गर्न चाहनेहरुका लागि अव टुरिष्ट भिसाको प्रकृया सुरु भएको छ । भ्रमण, शिक्षा तथा स्वास्थ्योपचारका लागि अव डी वर्गका ट्राभल एजेन्सीहरुले त्यस्तो भिसा दिनसक्ने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
साउदी कमिसन फर टुरिजम एण्ड नेशनल हेरिटेज, जेद्धारले हालै डी वर्गका ट्राभल एजेन्सीहरुलाई त्यस्तो अनुमतिपत्र दिएको हो । सवका अनलाइनका अनुसार अव ट्राभल एजेन्सीहरुले आफ्नो प्रवद्र्धनात्मक कार्यक्रम सहित विभिन्न मुलुकमा यसका बारेमा जानकारी दिनसक्नेछन् । यसलाई पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले आर्थिक मन्दी खेपिरहेको साउदी अरव सरकारको आम्दानी वृद्धि गर्ने प्रयासका रुपमा लिइएको छ ।
यसरी पर्यटक भिसामा साउदी अरव प्रवेश गर्ने विदेशीहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्वन्धित ट्राभल एजेन्सीको नै हुने यसअघि नै साउदी सरकारले प्रष्ट पारिसकेको छ ।
यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै