खाडी र मलेसिया गएकालाई सम्झिंदै पाका मतदाता

काठमाडौं, मंसिर १८-

वैदेशिक रोजगारमा गएका युवाले पठाएको रेमिट्यान्सले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन । वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ ।

देशभरबाट दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जाने क्रम जारी रहँदा देशभित्र हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको महत्वपूर्ण निर्वाचनमा समेत यसको प्रभाव देखिएको छ ।अहिले तराईका जिल्लामा बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढ्दो छ । तर, त्यो चहलपहलमा युवाको उपस्थिति भने अत्यन्तै न्यून छ ।

देश विकासमा युवाको महत्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको संघारमा देशको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी राष्ट्रमा पसिना बगाउन बाध्य छन् । देशकै लागि यो सबैभन्दा ठूलो दुर्भाग्य हो’, सिरहा सदरमुकामका बुद्धिजीवी अनिरुद्र ठाकुर भन्छन् ।

आर्थिक वर्ष ०६७/६८ देखि ०७३/७४ को वैशाख मसाप्तसम्मको तथ्यांकअनुसार सिरहाबाट मात्र वैदेशिक रोजगारीमा जानेको संख्या ९४ हजार दुई सय ७५ छ । तीमध्ये पुरुष ९४ हजार एक सय ४४ र महिला एक सय ३१ छन् । यो सरकारी तथ्यांक मात्र हो । यसबाहेक गाँस, बास र कपासको जोहो गर्न छिमेकी राष्ट्र भारतका विभिन्न सहरमा भौंतारिइरहेका युवाको संख्यासमेत जोड्दा तथ्यांक अझ गम्भीर बन्न सक्छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा चरम गरिबी छ, रोजगारीको अवसर छैन । अधिकांश जनतालाई हातमुख जोड्नै समस्या छ । यस्तो स्थितिमा यहाँका युवासँग जीवन धान्न मलेसिया र खाडी राष्ट्रतर्फ होमिनुको विकल्प छैन’, ठाकुर भन्छन् ।, अन्नपूर्ण पोष्टबाट

यो पनि पढ्नुहोस् अमेरिका पछि हट्यो ‘ग्लोवल कम्प्याक्ट अन माइग्रेसन’ को मुद्धाबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: