
काठमाडौं, मंसिर १८-
संयुक्त राज्य अमेरिका आप्रवासन सम्वन्धि हाल चलिरहेको सवैभन्दा महत्वपूर्ण प्रकृयाबाट पछि हटेको छ । विश्व व्यापी रुपमा सन् २०३० सम्मलाई लक्षित गर्दै हाल छलफलको अन्तिम चरणमा रहेको ‘ग्लोवल कम्प्याक्ट अन माइग्रेसन’ को कार्यक्रमबाट अमेरिकाले आफू अलग भएको घोषणा गरेको हो ।
अमेरिकाले संयुक्त राष्ट संघलाई आफू सो छलफलमा अव संलग्न नहुने जानकारी गराउँदै आफू सो प्रकृयाबाट अलग भएको घोषणा गरेको हो । विशेषगरी विभिन्न मुलुकबाट आइपुग्ने आप्रवासी र शरणार्थीको मुद्धामा उदार हुनुपर्ने अवस्था आएपछि अमेरिका सो प्रकृयाबाट अलग भएको हो ।
अमेरिकाका सेक्रेटर अफ स्टेट रेक्स थिलरसनले विज्ञप्ती जारी गरेर सो कार्यक्रमको नीति अमेरिकी अध्यागमन कानूनसँग सहमत हुने खालको नभएको जनाएका छन् । यसले सोमवार देखि मेक्सिकोमा सुरु हुन गइरहेको बैठकलाई समेत प्रभावित पार्नेछ ।
विश्वव्यापी रुपमा देखिएको आप्रवासी तथा शरणार्थीको मुद्धालाई एकै तरिकाबाट सम्वोधन गर्न ग्लोवल कम्प्याक्ट अन माइग्रेसन संयुक्त राष्टसंघले अगाडी बढाएको कार्यक्रम हो । यो बाध्यकारी नभएपनि यसले आप्रवासी कामदारका मुद्धा केहि हदसम्म सम्वोधन हुने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस कुवेतमा एक नेपाली महिलाद्धारा झुण्डिएर आत्महत्या !