नेपालीले धकेल्दा अर्का नेपालीको मृत्यु !

काठमाडौं, मंसिर १७-

मलेसियामा घरको तेश्रो तलाबाट लडेर एकजना नेपाली युवाको मृत्यु भएको छ । मलेसियाको ईपोस्थित ग्रिन प्रस्पेक्ट एसडिएन बिएचडी नामक कम्पनीको होस्टलमा नेपाली नेपालीबीच झगडा भएको र आफ्नै नेपाली सहकर्मीले धकेलेर लडाउँदा उनको मृत्यु भएको अनुमान छ ।

स्थानीय संचार माध्यमका अनुसार ग्लोब उत्पादन गर्ने उक्त कम्पनीको सितियावानको काम्पुंग एचेहमा रहेको होस्टलमा दुई जना नेपालीबीच शनिबार विहान करिब १०।३० बजे झगडा हुँदा उक्त घटना भएको प्रहरी अनुमान छ ।

मृतक नेपाली ३० बर्षीय रहेको बताइएपनि उनको नाम उल्लेख गरिएको छैन । स्थानीय प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न भएका भनिएका एक नेपाली होस्टल छाडेर भागेका छन् । उनको पनि परिचय खुलाईएको छैन । मृतकको शवलाई पोस्टमार्टमका लागि पर्मैसरी बाईनन अस्पतालमा राखिएको जनाइएको छ । कान्तिपुरबाट

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: