यस्तो छ आज रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

 

काठमाडौं, मंसिर १७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार साताको पहिलो दिन आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २५ पैसा र विक्रि दर २८ रुपैंयाँ ४१ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ छ भनें विक्रि दर २८ रुपैंयाँ १६ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि २५ रुपैंयाँ पुगेको रिंगिट पुनः २४ को आसपास आइपुगेर पुनः उकालो लागेको छ ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया ८९ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ८८ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ५९ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ १८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय