यी हुन् युएईमा आयोजित दोस्रो नेपाली म्युजिक भिडियो अवार्डका उपाधी जित्नेहरु

 

लक्ष्मण सापकोटा, युएई, मंसीर १६-

दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड युएईको राजधानी आवुधावीमा शुक्रवार सम्पन्न भएको छ । संगीक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्सको सहकार्यमा आयोजीत भिडियो अवार्डमा नेपाली म्युजिक भिडीयोका विभिन्न विधामा अवार्ड वितरण गर्दै सम्पन्न भएको हो ।     

युएईको राजधानी आवुधाविको फोल्कलोर थिएटरमा गरिएको अवार्डमा सर्वोत्कृष्ठ गायक काँडा छोए फुल गीतवाट त्रिलोक राना ठहरिए भने सर्वोत्कृष्ठ गायिकाको अवार्ड मत सोझी सोझी गीतवाट प्राश्ना शाक्यले हात पारिन । त्यस्तै पप विधाको पुरुष तर्फ दिपक वज्राचार्यले अल्लारे गीतवाट अवार्ड प्राप्त गरे भने सोही विधाको महिला तर्फको अवार्ड भने एन्जीला रेग्मीले कपुरी क गीतवाट हात पारिन । उत्कृष्ठ गीतको अवार्ड लठ्ठै वनायौवाट दिलिप पियाले हात पारे भने सिरैमा सिरवन्दीवाट सचिन सिंह उत्कृष्ठ संगितकार ठहरिए ।    

 

त्यस्तै उत्कृष्ठ गीत रेकडिस्टको अवार्ड किशोर थापाले काँडा छोए फुल गीतवाट हात पारे भने उत्कृष्ठ एरेन्जरको अवार्ड महराज थापाले ढुङ्गाको भर गीतबाट पाए । लोक दोहोरी तर्फ उत्कृष्ठ लोकदोहोरीको अवार्ड कान्छि स्वास्नी गीतवाट उजेली श्रेष्ठले हात पारिन । त्यस्तै उत्कृष्ठ म्युजिक भिडियोको अवार्ड कृष्ण गुरुङले हिमालको काख गीतवाट हात पारे । छम छम गीतवाट उत्कृष्ठ म्युजिक भिडियो निर्देशक श्रीधर पौडेल ठहरिए भने प्रकाश गुरुङले उत्कृष्ठ क्यामेराम्यानको अवार्ड जिते ।

त्यस्तै उत्कृष्ट भिडियो सम्पादनको अवार्ड प्रविन श्रेष्ठले मायालु गीतवाट हात पारे भने सोही गीतवाट उत्कृष्ठ अभिनयको अवार्ड विवेक सिंह ठकुरीले जिते । महिला तर्फको उत्कृष्ठ अभिनयको अवार्ड भने थाहा छैन गीतवाट नम्रता सापकोटाले हात पारिन । उत्कृष्ठ कोरीयोग्राफरको अवार्ड शंकर विसीले हात पार्दा उत्कृष्ट नव प्रतिभाको अवार्ड तिम्रो पाउजु गीतवाट प्रेम सेनले जिते ।

कार्यक्रममा ५ विधामा युएईमा क्रियाशिल कलाकारहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो । अवार्ड पाउनेहरुमा उत्कृष्ठ मोडल पुरुषतर्फ आशिष पुरुष र महिलातर्फ सारिका सुनारले हात पारे । उत्कृष्ट म्युजिक भिडियोको अवार्ड नन्दु राई र रेखा घिमिरेले जिते भने उत्कृष्ठ गीतको अवार्ड भने लक्ष्मण भान्तनाले हात पारे ।  उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड विजय सुब्बा र उत्कृष्ट छाँयाकारको अवार्ड रोहीत विक्रमले हात पारे । कार्यक्रममा युएईमा क्रियाशिल अन्य कलाकारलाई पनि सम्मान गरिएको थियो । 

इन्जिनियर भरत शाक्यलाई लाइफटाईम एचिभमेन्ट अवार्डवाट सम्मान गरिएको अवार्ड वितरण कार्यक्रममा नेपालवाट आएका कलाकारले आफ्नो प्रस्तुत राख्दै कार्यक्रमको रौनक वढाएका थिए । कार्यक्रममा कलाकारको नृत्यसंगै हाँस्यकलाकार जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुती प्रस्तुत गर्दा केही वेर कार्यक्रमस्थल हाँसोले गुञ्जायमान भएको थियो । आफ्नो प्रस्तुति दिने अन्य कलाकारमा नायीका निरुता सिंह, नेपाल आइडलकी प्रतिस्पर्धि सुजता पाण्डे, नायीका वेनिसा हमाल लगायत थिए ।         

आयोजक नमस्ते ट्राभल्सका एकेन्द्र थापा र संगीक्षा फिल्म प्रालीका मनोज केसीको संयुक्त सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली दुतावास युएईका कार्यवाहक राजदुत नेत्र वहादुर टन्डन रहेका थिए ।

यो पनि पढ्नुहोस्  किन आकर्षण छैन विदेशमा बस्ने नेपालीको रोजगार बचतपत्रमा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: