
काठमाडौं, मंसिर १५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार साताको अन्तिम दिन शुक्रवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २५ पैसा र विक्रि दर २८ रुपैंयाँ ४१ पैसा रहेको छ । यो अघिल्लो दिनभन्दा केहि बृद्धि भएको हो । युएई दिरहमको खरिददर २८ रुपैंयाँ छ भनें विक्रि दर २८ रुपैंयाँ १६ पैसा छ । यो पनि केहि बृद्धि हो ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि २५ रुपैंयाँ पुगेको रिंगिट पुनः २४ को आसपास आइपुगेर पुनः उकालो लागेको छ ।
कुवेती दिनारको खरिददर ३४० रुपैंया ८९ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ८८ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ५५ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ १४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् बाबु विते विदेशमा, छात्रबृत्ति पाउन समस्या