राष्ट्रपति भण्डारीको प्रश्नः हजारौं युवा किन विदेश गइरहेका छन् ?

 

काठमाडौं, मंसिर १४-

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै कामदारको कमी भए पनि दैनिक हजारौं युवा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता प्रकट गरेकी छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेक ५ दिने एक्स्पोको उदघाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनले स्वदेशी उद्यमीलाई अगाडि वढाउन एक्स्पो सहयोगीसिद्ध हुने बताइन् । राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र उत्साहकासाथ लागिपरेको बताइन्।

चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले एक्स्पोबारे जानकारी दिंदै नेपाल चेम्वरले आफ्नो स्थापनाको सुरुवातदेखि नै नेपाल सरकारको उच्चस्तरीय निकायसँग समन्वय गर्दै आएको बताए। राष्ट्रिय अर्थतन्त्रको बिकासका लागि जस्तोसुकै बिषम परिस्थितिमा पनि निजी क्षेत्रले सरकारलाई उदारतापूर्वक सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उनले मुलकुको आर्थिक विकास लागि सरकारसँग सहकार्य गरी अगाडि वढ्ने बताए।

यो पनि पढ्नुहोस् 

विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय