रिंगिटको भाउ बढ्यो, रियाल, दिराम र दिनारको घट्यो

काठमाडौं, मंसिर १४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ १८ पैसा र विक्रि दर २८ रुपैंयाँ ३५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १० पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ३६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५२ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ २९ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया ९ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ७ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ४२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस्: बाबु विते विदेशमा, छात्रबृत्ति पाउन समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: