केन्याका डान्सबारमा नेपाली युवती

 

काठमाडौं, मंसिर १४-

अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरूले कात्तिक २३ मा न्युरोडबाट ललित सिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

प्रहरी स्रोतका अनुसार युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मुलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रूपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाइ, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती दुई युवती लैजान अस्वीकार गरिन् । प्रहरी स्रोतका अनुसार सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् । सुवालले नेपाली युवतीको फोटोसुट गरिएको तस्बिर ह्वाटसएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे ।

प्रहरीका अनुसार डान्सबारमा नाच्ने काम भनिए पनि धनी ग्राहकहरूको यौन अपेक्षा पूरा गर्ने काम पनि ती युवतीको हुन्थ्यो । त्यही भएर केन्याली डान्सबारका सञ्चालकले आफैंले सुन्दरी युवतीको परिभाषा बनाएका छन् । नेपाली एजेन्टका रूपमा कार्यरत सुवालले बयानका क्रममा नेपालबाट पठाइने युवतीको खर्च सबै केन्याकै डान्सबारले बेहोर्ने बताएका थिए । कान्तिपुरबाट

यो पनि पढ्नुहोस् 

बाबु विते विदेशमा, छात्रबृत्ति पाउन समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय