बढ्यो नेपाली कामदारको माग, विदेश जाने पनि बढे

 

काठमाडौं, मंसिर १२-

बैदेशिक रोजगारमा जाने नेपालीको संख्या गत कात्तिक महिनामा बढेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ४ हजारले बैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा बृद्धि भएको हो ।

बैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा नेपालबाट २४ हजार ५ सय ६९ जना संस्थागत तर्फबाट बैदेशिक रोजगारमा गएका थिए । कात्तिक महिनामा भनें यो बृद्धि भएर २८ हजार ५ सय २२ पुग्यो । जसमध्ये २६ हजार ८ सय १९ जना पुरुष थिए भनें १ हजार ७ सय ३ जना महिला रहेको विभागले जनाएको छ ।

केहि समयअघिसम्म बैदेशिक रोजगारमा जाने मध्ये मलेसिया जानेको संख्या कम भएको थियो । तर पछिल्ला केहि महिनायता पुनः मलेसिया नेपालीका लागि पहिलो गन्तव्यमुलुक बनेको छ । कात्तिक महिनामा पनि सवैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । सो महिना ८ हजार ८ सय ७३ जनाले मलेसियाका लागि अन्तिम स्वीकृति लिएका थिए । दोश्रोमा कतार जानेको संख्या रहेको छ भनें तेश्रोमा युएई देखिएको छ । केहि समयअघिसम्म पहिलो गन्तव्यका रुपमा देखिएको साउदी अरव जानेको संख्यामा भनें भारी गिरावट आएको विभागको भनाई छ । 

यसैगरी बैदेशिक रोजगारमा पठाउन म्यानपावर कम्पनीहरुले लिने पूर्व स्वीकृतिको संख्यामा पनि बृद्धि देखिएको छ । कात्तिक महिनामा संस्थागत तर्फ १ लाख ३९ हजार ४ सय ९९ जनाका लागि पूर्व स्वीकृति लिइएको विभागले जनाएको छ । असोजमा १ लाख १६ हजार ९ सय ८६ जनाको लागि पूर्व स्वीकृति लिइएको थियो । तर पूर्व स्वीकृति लिइएका सवै संख्यामा कामदार विदेश पठाउनुु पर्ने बाध्यता भनें छैन । 

यो पनि पढ्नुहोस् 

थानेश्वरका लागि उठ्यो २९ लाख ३८ हजार, अव १३ लाख बाँकी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: