
काठमाडौं, मंसिर ११-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ३५ पैसा र विक्रि दर २८ रुपैंयाँ ५२ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २७ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ५२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६८ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ७ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ २२ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।
कुवेती दिनारको खरिददर ३४२ रुपैंया ३१ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ३० पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ८४ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ४३ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
थानेश्वरका लागि उठ्यो २९ लाख ३८ हजार, अव १३ लाख बाँकी