थानेश्वरका लागि उठ्यो २९ लाख ३८ हजार, अव १३ लाख बाँकी

काठमाडौं, मंसिर ११-

साउदी अरवमा थुनामा रहेका नवलपरासीका थानेश्वर भुषाललाई जेलमुक्त गराउन सुरु गरिएको अभियानमा हालसम्म २९ लाख ३८ हजार सय रुपैंयाँ संकलन भएको परिवन्दमा परेर जेल परेका थानेश्वरलाई जेलमुक्त गराउन आवश्यक व्लडमनी संकलनका लागि बैदेशिक रोजगारीबाट फर्केर आएकाहरुको संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले अभियान सञ्चालन गरिरहेको सो अभियानमा देशपरदेश डटकमले पनि सहयोग गरिरहेको

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीका अनुसार थानेश्वरको उद्धारका लागि खोलिएको बैंक खातामा हालसम्म ११ लाख ८६ हजार सय रुपैंयाँ जम्मा भएको यसैगरी हालै धुलिखेलमा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएनए) को बैठकले थानेश्वरको उद्धारका लागि १२ लाख ५० हजार सहयोग गर्ने घोषणा गरिसकेको सो रकम प्राप्त हुन बाँकी

यसैगरी कुवेतमा सञ्चालित अभियानमा ७० हजार संकलन भएको जानकारी प्राप्त भएको कार्कीले बताए यसैगरी साउदी अरवको दमाममा थप लाख १७ हजार रकम जम्मा भएको , जुन रकम नेपाल पठाउन बाँकी यसअघि दमाम तथा जेद्धामा सञ्चालित अभियानमा संकलित रकम नेपाल पठाइसकिएको । साउदी अरवमा वीरेन्द्र कुमार चौधरी, अञ्जन पोखरेल लगायत नेपाली अगुवाहरुले सहयोग रकम संकलनको अभियान सञ्चालन गरिरहेका छन् ।

थानेश्वरको उद्धारमा सहयोग गर्न आप्रवासी हकहित संरक्षण केन्द्र, नवलपरासीले लाख १५ हजार संकलन गरेको जानकारी प्राप्त भएको पिएनसीसीले जानकारी दिएको  थानेश्वरको उद्धारमा सघाउन युएई तथा बहराईनमा पनि अभियान सुरु भएपनि ति मुलुकमा हालसम्म कति रकम संकलन भयो भन्ने जानकारी भनें प्राप्त हुन सकेको छैन

गाडी चालकको काम गर्न साउदी अरव गएका नवलपरासीका थानेश्वर त्यहाँ दुर्घटनामा परेका थिए उनले चलाएको गाडीलाई पछाडीबाट अर्को एक गाडीले ठक्कर दिंदा उनको गाडी उछिट्टीएर अगाडीको गाडीमा लाग्दा सो गाडीमा सवार एक साउदी नागरिकको ज्यान गएको थियो यसैगरी पछाडीबाट ठक्कर दिने गाडीका चालक भारतीय नागरिकको पनि सो घटनामा मृत्यु भएको थियो   कम्पनीले सवारी चालक अनुमति पत्र बनाउन प्रकृया नगरि सिधै गाडी चलाउन लगाएका कारण सो दुर्घटनामा आधा दोषि ठहर गर्दै साउदीको अदालतले थानेश्वरले डेढ लाख रियाल(झण्डै नेरु ४२ लाख) व्लडमनी साउदी नागरिकको परिवारलाई तिर्नुपर्ने ठहर गरेपछि हाल उनी साउदीको जेलमा कैदी जिवन काटिरहेका छन्  

उनको उद्धारमा सहयोग गरिदिन थानेश्वरकी आमाको अपिल सहितको भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/BF-c38JQeBE” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: