विमानस्थलबाट नै फर्काइए १२ नेपाली

काठमाडौं, मंसिर ११- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् । मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरू कम्पनीका प्रतिनिधि लिन नआएपछि तीन दिनसम्म विमानस्थलमै अलपत्र रहेका थिए । मलेसियाको अध्यागमन विभागले तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो ।

उनीहरू काठमाडौंको नक्सालस्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसेस प्रालिमार्फत मलेसिया पुगेका थिए । तीन दिनसम्म विमानस्थल अध्यागमनको थुनामा बस्दा पनि कम्पनीका प्रतिनिधि लिन नआएपछि आफूहरूलाई स्वेदश फर्काइएको फर्किएकामध्ये एक जनाले बताए । यसरी फर्काइएकामा अधिकांश तराइका छन् । उनीहरूले जनही १ लाख १० हजार रुपैयाँ स्थानीय एजेन्टलाई बुझाएपछि म्यानपावरमार्फत भिसा पाएको बताए । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: