कतारमा प्रदेशस्तरिय संस्था गठन

 

दोहा, मंसिर ९- नेपालमा नया संविधान निर्माण पश्चात भएको राज्य पुर्नसंरचनाको कार्यन्वयको क्रममा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुनु केहि दिन अगाडि कतारमा प्रदेश स्तरिय संस्था गठन भएको छ । बिशेष गरी कतार स्थापित भई कतार र नेपालका आआफ्नो क्षेत्रमा उल्लेखनिय गतिविधिहरु गरिरहेका १ नं. प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यका साथ प्रदेश नं. १ समन्वय समिति गठन भएको छ । 

प्रदेश १ नं. अन्तर्गतका जिल्ला संस्थाका प्रमुख, पुर्व प्रमुख, अग्रज तथा प्रतिनिधिहरुको भेलाले चुडामणी कार्की (झापा) को संयोजकत्वमा प्रकाश गुरुङ (खोटाङ) र रामसागर मेहता (सुनसरी) सहसंयोजक, टि. एन. बराल  (मोरङ) सदस्य(सचिव, गोपाल खतिवडा (ताप्लेजुङ) आर्थिक संयोजक एवं प्रदेश नं. १ का १४ वटा जिल्लाबाट १/१ जना प्रतिनिधि सदस्य रहने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । 

उक्त समितिले विधान वा कार्यसम्पादन निर्देशिका बनाउने लगायतका आवाश्यक तयारी सम्पन्न गरी चाडै नै साधारण सभा आयोजना गर्ने जनाइएको छ । समितिलाई आवाश्यक सुझाव, सल्लाह तथा उर्जा प्रदान गर्न १५ जना अग्रज व्यक्तित्वहरुलाई समितिको सल्लाहकार चयन गरिएको छ । जसमा टि. बि. कार्की, उमेश अधिकारी, बिनोद भट्टराई, बिनेश तामाङ, कुमार कार्की, नविन पोख्रेल, राम गुरुङ, दिल किरण खजुम, लोक बहादुर तामाङ, छबिरमण कटुवाल, तुल्सी सुवेदी, चेतनारायण श्रेष्ठ, नरेश श्रेष्ठ र हरी कुमार बस्नेत छन् । 

यो समितिले जिल्ला संस्थाहरुलाई आधार मानेर तिनका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन आवाश्यक सहयोगात्मक कार्यहरु गर्ने, संस्थागत, सामाजिक नेतृत्व विकास उत्प्रेरक भुमिका निर्वाह गर्ने, समग्र १ नं. प्रदेशको सरोकार रहने बिषयहरुलाई साझारुपमा अघि बढाउने, प्रादेशिक स्तरका मानविय, कल्याणकारी, सांस्कृति, सांगितिक, सामाजिक गतिविधिहरु संचालन गर्ने र कतारको नेपाली समाजमा प्रदेश नं। १ को अझ जिम्मेबार एवं प्रभावकारी उपस्थिको लागि समन्वयात्मक भुमिका खेल्ने बताईएको छ । आजको भेला अशोक कुमार तामाङको संयोजकत्वमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

सागर र सुजताले तताए युएईको राजधानी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय