कसरी जोगाउने विदेशमा पैसा ?

 

काठमाडौं, मंसिर ८-

बैदेशिक रोजगारमा जानुको मुख्य उद्धेश्य पैसा कमाउन नै हो बैदेशिक रोजगारमा सधैं जान सक्ने कुरा पनि होइन उमेर हुँदासम्म विदेशमा रोजगारीका लागि जाने भएका कारण उमेर ढल्किएसँगै स्वदेश फर्किएर बाँकी जीवनका लागि आर्थिक व्यवस्थापन गर्नुपर्ने भएका कारण बैदेशिक रोजगारीमा कमाईरहेका अवस्थामा नै यस पक्षमा विचार गर्नु आवश्यक बैदेशिक रोजगारीमा रहँदा कसरी पैसा जोगाउने ? यसका लागि बैदेशिक रोजगारमा रहेकाहरु बैदेशिक रोजगारीबाट फर्केकाहरुले यस्तो सुझाव दिएका छन्

१. आफ्नो आम्दानी खर्चको सामान्य योजना बनाउनुहोस् कति कमाउनुहुन्छ, त्यसमध्ये तपाईले आफ्ना लागि कति रकम नभई हुन्न त्यसको यकिन गर्नुहोस्

२. खर्च तालिका बनाउँदा नभई नहुने नहुँदा पनि हुने गरी दुई भागमा बाँड्नुहोस् तपाईको आवश्यकतालाई यसरी बाँडफाँड गरेपछि तपाईले आवश्यक परेको समयमा नहुँदा पनि हुने शिर्षकका खर्च कटौति गरेर रकमको व्यवस्थापन गर्न सक्नुहुन्छ

३. धेरै रकम एकैपटक घर पठाउने योजना नबनाउनुहोस् यसैगरी घरमा रकम पठाउँदा पनि कसको नामका किन पठाउने प्रष्ट हुनुहोस् तपाईले पठाएको रकम मध्ये कुन शिर्षकमा खर्च हुन्छ कति बचत हुन्छ त्यसका बारेमा यकिन गर्नुहोस् पठाएको सवै रकम खर्च मात्र हुने भएमा तपाईको बैदेशिक रोजगारको यात्रा फलदायी हुन सक्दैन

४. विदेशमा रकम लगानी गर्दा वा कसैलाई सापटी दिंदा अत्यन्त सावधानी अपनाउनुहोस् पछिल्लो समयमा धेरै व्यक्तिको रकम त्यसरी नै डुवेका कारण विदेशमा कमाएको रकम छिनभरमै सकिन सक्छ विदेशमा कुनै पनि समुहमा लगानी गर्नु अघि पनि धेरैपटक विचार गर्नुहोस्

५. आफूलाई के सामान अत्यावश्यक हो पहिचान गर्नुहोस् मात्र खरिद गर्नुहोस् मोवाईल, ल्यापटप, क्यामेरा जस्ता सामान खरिद गर्नुअघि तपाईले कति दुःख गरेर सो रकम कमाएको हो भन्ने विचार गर्नुहोस् आवश्यक परेमा मात्र खरिद गर्नुहोस्

६. विशेषगरी मलेसियामा जुवा, तास खेल्ने गरे धेरै नेपालीले कमाएको सम्पूर्ण रकम सिध्याउने गरेका हुनाले त्यस्ता व्यक्तिको संगतबाट टाढै बस्नुहोस् तपाईसँग रकम भएको जानकारी पनि त्यस्ता व्यक्तिलाई नदिनुहोस् हरेक महिना घरमा रकम पठाउने बानी गर्नुहोस्

७. स्थानीय मदिरा सेवनले पैसा मात्र खर्च नभई अकालमा नै ज्यान लैजाने गर्दछ त्यसैले यस्ता कुराबाट टाढै बस्नुहोस्

८. नेपालबाट बैदेशिक रोजगारीमा गएका व्यक्ति अन्य देशका महिलासँग लिभिङ टुगेदरमा बस्ने प्रवृत्ति बढ्दै गएको यो प्रवृत्ति मलेसियामा अझ धेरै देखिएको यसरी फसेका व्यक्तिहरु अन्त्यमा खालीहात स्वदेश फर्किनु परिरहेको त्यसैले यो कुरामा सावधान रहनुहोस्  

तपाईको अनुभवमा विदेशमा कमाएको पैसा बचाउने अन्य के कस्ता व्यवहार आवश्यक छ ? लेख्नुहोस्  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: