दुवई, मंसिर ७-
घरको चौथो तल्लाबाट हाम्फालेर आत्महत्या गर्न लागेका एक नेपालीलाई अन्य दुईजनाले बचाएका छन् । दुवईस्थीत आफू बसेको अपार्टमेण्टबाट हाम्फालन खोज्ने ति नेपालीलाई अन्य दुईजनाले बचाएको प्रहरीलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखका छन् ।
बरदुवईको सो घटनामा जानकारी पाएको ५ मिनेट भित्रै उद्धार टोली पुगेको र ति नेपालीलाई बचाएको जनाइएको छ । आत्महत्या गर्न खोज्ने ति नेपालीलाई उनीसँगै बस्ने अन्य दुईजना सावी कासिम तथा मार्क टोरिसले बचाएको र उनीहरुले एम्वुलेन्सलाई खवर गरेपछि उद्धार टोली घटनास्थलमा पुगेको थियो । ति दुईले झ्यालबाट हाम्फालिसकेका ति नेपालीको खुट्टामा समातेर बचाएको समाचारमा उल्लेख छ । हाल ति नेपालीलाई अस्पताल भर्ना गरिएको छ । (तस्वीर साँकेतिक रुपमा ईन्टरनेटबाट लिइएको हो)
यो पनि पढ्नुहोस्
राष्ट्रपतिसँग युएई भ्रमणमा भेटिएका, देखिएका कुराहरु