काठमाडौं, मंसिर ६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ४३ पैसा र विक्रि दर २८ रुपैंयाँ ६० पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३५ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ६० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७६ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ १५ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।
कुवेती दिनारको खरिददर ३४२ रुपैंया ५७ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ५५ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ६४ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ २३ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
