काठमाठौं, मंसीर ४– गत महिना ०.७ प्रतिशतले मात्र बढेको रेमिटेन्स असोजमा सामान्य बृद्धि भएको छ । विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स असोजमा २.६ प्रतिशतले बढेको हो। असोजसम्म कुल १७६ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो।
गत बर्ष असोजमा बृद्धि दर ३.२ प्रतिशत थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या पनि घट्न थालेको छ। विदेशी जाने नेपालीको संख्या २.६ प्रतिशतले घटेको हो। अघिल्लो बर्ष पनि १६.१ प्रतिशतले घटेको थियो। साउदी अरब र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
देशबाट बाहिरिनेभन्दा भित्रिने रकम शोधनान्तरमा सुधार आएको छ। पछिल्ला दुई महिना निरन्तर ऋणात्मक भएको शोधनान्तर असोजमा ४ अर्ब २७ करोड रुपैयाँ बचतमा फर्केको छ ।