सर्वोच्च अदालतद्धारा विदेशमा नेपाली कामदारको मृत्युका बारेमा महत्वपूर्ण फैसला

काठमाडौं, मंसीर ३– सर्वोच्च अदालतले बैदेशिक रोजगारमा गएका नेपाली कामदारको मृत्यु तथा यससँग सम्वन्धित अन्य  विषयमा अन्तिम फैसला गरेको छ । न्यायाधिसद्धय पुरुषोत्तम भण्डारी तथा बमकुमार श्रेष्ठको ईजलाशले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अन्य सरोकारवाला मन्त्रालय, बैदेशिक रोजगार विभाग र बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका नाममा आदेश दिंदैं सर्वोच्चले बढ्दो मृत्युदरलाई रोक्नका लागि आवश्यक व्यवस्था मिलाउन आदेश दिएकोे हो ।

सर्वोच्चको आदेशमा विदेशमा मृत्यु भएपछि शव नेपाल ल्याउने उचित व्यवस्था गर्न, नेपाल फिर्ता ल्याएपछि पोष्टमार्टमको व्यवस्था गर्न तथा आप्रवासी कामदार सम्वन्धि महासन्धीको अनुमोदन गर्न सरकारलाई निर्देशन दिइएको छ ।

ल एण्ड पोलिसी फोरम फर जस्टीस(ल्यापसोज) तथा पौरखी नेपालले हालेको रीटमा सो आदेश दिइएको हो । सो रीटमा अधिवक्ताहरु हरी फुँयाल, मिलन राई, केदार दाहाल, बरुण घिमिरे तथा अनराग देवकोटा लगायतले बहस गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय