थानेश्वरको उद्धारका लागि एनआरएनएले १२ लाख ५० हजार सहयोग गर्ने

 

काठमाडौ- गैर आवासिय नेपाली संंघ(एनआरएनए) ले साउदी अरवमा थुनामा रहेका थानेश्वर भुषालको उद्धारका लागि १२  लाख ५० हजार सहयोग गर्ने भएको छ । संघको आठौं विश्व सम्मेलनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

धुलिखेलमा सम्पन्न बैठकले भुषालको उद्धारका लागि आपतकालिन राहत कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरेको छ । विभिन्न कारणबस मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीहरुको तथ्यांक संकलन गरी उद्दारको कार्यक्रम संचालन गर्न निर्णय गर्दै बैठकले भुषालका लागि सहयोग गरेको हो ।

परिवन्दमा परेर साउदी अरवमा थुनामा रहेका भुषालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) तथा देशपरदेश डटकमले यसअघि भिडियो निर्माण गरी अभियान सञ्चालन गरिरहेका छन् । पिएनसीसीको अभियान पश्चात साउदी अरवमा रकम संकलन अभियान यसअघि नै चलिरहेको छ । थानेश्वरका लागि व्लड मनी जुटाउने अभियानमा हालसम्म झण्डै ३० लाख संकलन भएको पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । 

यसैगरी बैठकले वैदेशिक रोजगारीमा जाने समुहलाई लक्षित गरी जनचेतनामुलक सामग्री प्रकाशन गर्ने र वैदेशिक रोजगारीका समस्या, समाधानका लागि गर्नु पर्ने कामहरु र सम्भावनाका विषयमा विस्तृत अध्ययन गरी एउटा स्वेत पत्र तयार गर्ने निर्णय पनि गरेको छ । वैदेशिक रोजगार कल्याणकारी कोषलाई रु ५ करोड पुर्याइ त्यसको नियमावली तयार गरी संचालनमा ल्याइने पनि बैठकले निर्णय गरेको छ । वैदेशिक रोजगारमा गएकाहरुका लागि संचयकोष स्थापना गर्ने अभियानलाई कार्यान्वयनमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

गैर आवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेका अनुसार संघको नयाँ कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा गर्नुका साथै आगामी दुई बर्षमा गर्नुपर्ने कामको योजना बनाएको हो । 

यो पनि पढ्नुहोस्

हराएको छोरोले फोन गरेपछि आमाको खुशीको सीमा छैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: