कतारले तोक्यो थोरै न्यूनतम तलव

काठमाडौं, मंसिर १-

नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल ९करिव २१ हजार रुपैयाँ० मात्रै तोकेको छ । यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो ।

कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा। इशाविन साद अल जफैल अल नुएमीले अस्थायी रुपमा ७५० रियाल तोकिएको बताए । ‘अस्थायी रुपमा ७५० रियाल तोकिएको छ,’ श्रम मन्त्री नुएमीले बिहीबार एएफपीसँग भने, ‘कामदारको बसोबास, खाना र स्वास्थ्य सेवा भने रोजगारदाताको  दायित्वभित्र पर्छ ।’

करिव ४ लाख नेपाली कार्यरत कतारले दुई साताअघि अन्तराष्ट्रिय श्रम संगठन ९आइएलओ०को वैठ्कमा कामदारको न्यूनतम तलब तोक्ने प्रतिवद्धता जनाएको थियो । आइएलओले कामदारको आधारभुत अधिकारलाई कतारले लागू गर्ने भएपछि कतारविरुद्धको मुद्धा बन्द गरेको थियो ।

कतारले तोकेको यो तलब नेपाली कामदारले अपेक्षा गरेभन्दा निकै कम हो । सन् २०१३ मै नेपाल सरकारले कतारमा बढ्दो महँगीलाई मध्यनजर गर्दै न्यूनतम तलब ९ सय रियाल तोकेको थियो । वैदेशिक रोजगार विभागले न्यूनतम तलब ९ सय र खाना वापत ३ सय गरी १२ सय रियाल तलब दिन तयार हुने कम्पनीलाई मात्रै कामदार पठाउने गरेको छ ।

कतारको निर्णयबाट म एकदमै निरास भएँ,’ १० वर्षदेखि कतारमा निर्माण क्षेत्रमा काम गर्दै आएका खोटाङका भक्त राईले भने, ‘कम्तीमा हाम्रो न्यूनतम तलब १५ सय रियाल हुनुपर्दथ्यो । १२ सय त अहिले नै पाइरहेका छौं । यो कामदारको हितभन्दा कम्पनी वा कतार आफूलाई बढी फाइदा हुने गरी तलब तोक्ने निर्णय भयो ।’ उनका अनुसार खाना बाहेक टेलिफोन, पानी, कोकफेन्टा खाँदा मात्रै मासिक ५ सय रियाल खर्च आउनेछ । 

श्रममन्त्री नुएमीले कम्पनीले पेश गर्ने करारपत्रमा ७५० भन्दा कम भएमा रद्द गर्न थालेको बताए ।‘श्रम मन्त्रालयले यो तलबको विषयमा समीक्षा गर्छ,’ उनले भने, ‘सबै पक्षको विचार गरेर मात्रै थप तलब तोक्ने काम हुन्छ ।’कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: