हराएको छोरोले फोन गरेपछि आमाको खुशीको सीमा छैन

काठमाडौं- चार बर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका खोटाङका बेदनाथ आचार्य सम्पर्कमा आएका छन् । उनले आज(विहिवार) विहान आमा अम्विका आचार्यलाई फोन गरेर आफू छिट्टैै घर फर्किने बताएका छन् ।

वेदनाथ आचार्य सम्पर्कविहिन भएको समाचार देश परदेशले हराएका परदेशी स्तम्भ अन्तर्गत प्रकाशन गरेको थियो । उनका बारेमा घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह  शिर्षकमा छापिएको सो समाचार पढेर छोराको एक साथिले केहि दिन अघि नै फोन गरेर उनी सकुशल रहेको जानकारी दिएको र आज छोराले फोन गरेर आफू चाँडै घर फर्किने बताएको आमा अम्विकाले बताइन् ।

‘छोराको साथिले तपाईहरुले बनाएको भिडियो हेरेर मेरो नम्वरमा फोन गरेको रहेछ’ अम्विकाले भनिन् ‘आज छोराले नै फोन गर्दाको खुशी शव्दमा भन्न सक्दिन ।’ उनले हराएको आफ्नो छोरो भेटाई दिएको भन्दै देशपरदेशलाई धन्यवाद दिइन् । 

हेर्नुहोस् उनका बारेमा यसअघि बनाइएको भिडियो  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/YKLxJyguBPU” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय