एक नेपालीको मृत्यु

 राजविराज- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको सोमबार राति मलेसियामा मृत्यु भएको छ ।

काम सकेर राति खाना खाएर सुतेका उनलाई साथीहरुले उठाउन जाँदा मृत अवस्थामा फेला परेको सगैँ काम गर्ने साथीहरूको भनाई उदृत गर्दै उनका भान्जा बिटुकुमार मिश्रले जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा २०७२ सालमा मलेसियाको मेनारा केकल कम्पनीमा काम गर्न गएका उनी हाल लाइनोक्राफ्ट प्रिन्टिङ्ग प्याकेजिङ्गमा कार्यरत थिए । 

उनीसँगै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने सप्तरीका युवाहरुको संख्या २९ पुगेको छ । अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: