
प्रश्नः मेरो नाम छल बहादुर महतो हो । मेरो घर कावासोती नगरपालिका वडा नं १५ मा छ । म २७ महिनाको साउदी बसाई पश्चात २०७३ चैत्रमा बिदामा घर आएँ । घर आएर फेरी साउदी जान भनेर बिमा, श्रम पनि गरें तर जाने २ दिन वाँकी छँदा म बिरामी परे । मेरो अण्डकोषमा ट्युमर रहेछु । अपरेशन गरेर निकालिएको ट्युमर परिक्षण गर्दा मलाई क्यान्सर लागेको रहेछ । त्यसपछि मेरो उपचार प्रक्रिया शुरु भयो । उपचारमा झण्डै ४ लाख सकियो । हाल मेरो अवस्था त राम्रो भएको छ तर उपचार गरेको ऋण तिर्न मलाई गाह्रो भईरहेको छ । अब मैले बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र बीमा कम्पनीबाट कुनै आर्थिक सहयोग पाउन सक्छु की सक्दिन ?
उत्तरः
बोर्डः बिमा श्रम गरेर बिदेश गएको अवस्था हुन्थ्यो अथवा बिदेशमा नै बिरामी परेर नेपाल फर्किएको अवस्थामा तथा बिदेशमा उपचार गरेको कागजपत्र भएको अवस्थामा मात्र प्रवद्र्धन बोर्डले आर्थिक सहयोग गर्न सक्दछ । तर उहाँको त्यो अवस्था नभएकोले बोर्डबाट आर्थिक सहायता उपलव्ध गराउन सकिन्न ।
सूर्य लाईफ ईन्सुरेन्सः उहाँको उपचार गरेको कागजपत्र छ र रोग लागेको सम्वन्धमा चिकित्सकले पुष्टि गरेको कागजपत्र भएमा क्षतिपूर्तिका लागि निवेदन दिन सक्नुहुन्छ ।