यी हुन् अवैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गर्ने ८ कम्पनी

काठमाडौं, कात्तिक २८- मलेसिया सरकारले अवैध हैसियतमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि अध्यागमन विभागसँग सहजीकरण गर्न मलेसियाका विभिन्न ८ कम्पनीहरुलाई अनुमति दिएको छ ।

सरकारले ‘थ्री प्लस वान भोलुन्टर्ली’ नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत मुलुकमा रहेका अवैध  नेपाली कामदार फर्काउने कार्यमा सहजीकरण गर्न यसअघि ‘हारफासे रिसोर्सेज’ नामक कम्पनीलाई मात्र जिम्मा दिएको  थियो ।

तर दूतावासले त्यस्तो सूचना सार्वजनिक भएको हप्तादिन नबित्दै सोमबार अर्को सूचना जारी गर्दै थप ७ वटा कम्पनीले समेत अनुमति पाएका जनाएको छ ।

दूतावासले यसबारे मलेसियाली अध्यागमन विभागबाट आफूलाई पत्र प्राप्त भएको भन्दै अब यी ८ वटामध्ये कुनै एक कम्पनीमार्फत अवैध रुपमा रहेका नेपाली कामदार स्वदेश फर्कन सक्ने जनाएको हो ।

स्वदेश फिर्नका लागि मलेसियाले यसैवर्ष अन्त्यसम्मको समयावधि यसअघि नै तोकिसकेको छ । अवैध नेपाली कामदार आगामी डिसेम्बर ३१ सम्म स्वदेश फर्किसक्नुपर्नेछ । 

मलेसियाली सरकारले नेपालीहरु घर फर्काउने कार्यको सहजीकरण गर्न हारफासे रिसोर्स एसडिएन बिएचडी, केरिकम एसडिएन बिएचडी, इमान रिसोर्सेज एसडिएन बिएचडी, पिएमएफ कन्सोर्टियम, पेरुण्डिङ जोन जेमिह एसडिएन बिएचडी, प्राफाउण्ड रेडियन्स एसडिएन बिएचडी, बुकित मेगाह एसडिएन बिएचड र बुकित माहलिगल एसडिएन बिएचडी (जोहोरबारु) गरि ८ कम्पनीहरुलाई अनुमति दिएको दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: