काठमाडौं- साउदी अरवले आफ्नो नागरिकको रोजगारलाई सुनिश्चित गर्न १९ थरी रोजगारीमा नेपालीसहित विदेशी कामदार नलिने नीति लिएको छ । यो नियम आउँदो जनवरीदेखि लागु हुनेछ । साउदीको श्रम तथा सामाजिक बिकास मन्त्रालयले १९ वटा पेशामा काम गर्ने आप्रवासीको इकमा (परिचयपत्र) समेत नविकरण नगर्ने जनाएको छ । इकमा नविकरण नभएका कामदारले साउदी छोड्नु पर्छ ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार साउदीले एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनन्स म्यानेजर, चिफ एकाउन्टेन्ट, सिनियर एकाउन्टेन्ट, अफिस म्यानेजर, सेल्स एसिस्टेन्ट, एड्मिनिस्ट्रेसन म्यानेजर, अफिस ब्वाई, ड्राइभर, रिसेप्सनिस्ट, वेरहाउस म्यानेजर, फोरकिल्प म्यानेजर, लजिस्टिक सुपरभाइजर र ह्युमान रिसोर्स म्यानेजरको पदमा विदेशीलाई काममा लगाउन नपाउने नीति ल्याएको हो ।
साउदीको यो निर्णयबाट नेपालीको समेत रोजगार खोसिने भएको छ । यी पद मध्ये नेपालीहरु एकाउन्टेन्ट, सेल्सम्यान, सेल्स सुपरभाइजर, म्यानेजर, अफिस ब्वाई र ड्राइभरमा कार्यरत छन् । आफ्नो अर्थतन्त्र कमजोर हुँदै गएको र वेरोजगारको संख्या बढिरहेकोले साउदीले यस्तो निर्णय गरेको हो । ‘साउदी सरकारको लेवरमा मात्रै विदेशी कामदार ल्याउने योजना देखिन्छ,’ इन्जिनियर धरम केसीले भने, ‘यो निर्णयले विदेशी कामदारको माथिल्लो तहमा हुने रोजगारीको अवसर कटौती हुने देखिन्छ ।’ कान्तिपुरबाट
यो पनि पढ्नुहोस्
मलेसियामा उनलाई तपाईले कहिं देख्नु भएको छ ?
