काठमाडौं- साउदी अरबबाट १२ जना नेपालीको उद्धार भएको छ । पाँचजना टिकटको प्रतीक्षामा छन् । साउदीको जेद्धास्थित नेपाली महावाणिज्य दूत, नेपाली साझा मञ्च र पीडितका परिवारका सदस्यको निरन्तर प्रयासपछि ती पीडितलाई नेपाल ल्याउन सकिएको हो । पीडितलाई म्यानपावर कम्पनीले टिकट उपलब्ध गराएको कान्तिपुरले लेखेको छ ।
वैदेशिक रोजगार विभागले कामदारको उद्धार नभएसम्म खाना र बस्ने व्यवस्था गर्न दबाब दिएपछि पछिल्लोपटक म्यानपावर कम्पनी निकै दबाबमा परेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1