विदेशबाट मानसिक समस्या भएर फर्केका राजुको उपचारमा समस्या

 

रञ्जना लम्साल, नवलपरासी-

बैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका नवलपरासीका एक युवा दुई महिनामै मानसिक रुपमा विरामी  भएर फर्केका छन् । बुङ्गदिकाली गाउँपालिका वडा नं १ घर भएका राजु दमाईं(२५) मानशिक रुपमा बिरामी भएर नेपाल फिर्ता भएका हुन् । बैदेशिक रोजगारीमा जाँदा निक्कै फुर्तिला र स्वस्थ रहेका राजु २ महिने साउदी बसाई पछि पुर्णरुपमा मानसिक बिरामी भएर फर्किएका हुन् ।

बिदेश गएको एक महिनासम्म फोन सम्पर्कमा रहेका र राम्रोसँग काम गरिरहेका उनी दोस्रो महिना पछि बिरामी परेको थिए । उनी विरामी परेको खबर पाएपश्चात उनलाई घर फर्काउन साउदी अरवबाट लगातार फोन आएके राजुकी श्रीमति हरिमायाले बताएकी छन्  ।

१ लाख ३० हजार ऋण लिएर कमाउन साउदी गएका श्रीमानलाई छिटै घर फर्काउन तारन्तार फोन  आउन थालेपछि हरिमायाले कावासोती स्थीत सुचना केन्द्रमा उद्धारका लागि आग्रह गर्दै निवेदन दिएकी थिइन्  । त्यसपछि उनको नेपाल फर्काउने प्रकृया सुरु भएको थियो ।

उनलाई स्वदेश फर्काउन राजुलाई साउदी पठाउने मेनपावर कम्पनी मार्फत प्रकृया गरिएपनि त्यसमा सुरुमा सो मेनपावर कम्पनीले आनाकानी गरेको र पछि बैदेशिक रोजगार विभागमा उजुरी दिइएपछि दर्जी नेपाल फर्किन सफल भएका थिए । उनको किन मानसिक अवस्था विग्रियो भन्ने बारेमा कुनै जानकारी नभएको परिवारले जनाएको छ । श्रीमती हरिमायाका अनुसार उनी नेपाल आइपुग्दा अत्यन्त आक्रामक थिए । हरिमाया भन्छिन्ःपिट्न खोज्ने काट्न खोज्ने अबश्थामा हुनुहुन्थ्यो तर केहि औषधी गरेपछि कमि भएको छ ।’ 

स्वदेश फर्काएपनि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको छ । घरमा उनका बुवा, आमा, श्रीमती र ४ बर्षको छोरा छन् । श्रीमान बैदेशिक रोजगारीमा जाँदा लिएको ऋण समेत तिर्न नसकेका कारण थप समस्या भएको हरिमायाको भनाई छ । उनले साउदी अरवबाट केवल ३ हजार रुपैंयाँ मात्र पठाउन सकेका थिए । श्रीमान्को उपचारमा सहयोग गरिदिन हरिमायाले आग्रह गरेकी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: