शंकास्पद रुपमा एक नेपाली महिलाको मृत्यु

हरि कृष्ण न्यौपाने (कुवेत), कात्तिक २०-

घरेलु महिला कामदारको रुपमा कुवेत आएको १४ दिनमै काठमाडौंकी २७ बर्षिय अनिता शाक्यको कुवेतमा मृत्यु भएको छ । उनको मृत्यु हवाली स्थित आफु बसेको घरबाट तल खसेर बताइएको छ । नेपाली दुताबास कुवेतका अनुसार अनिताको उक्त मृत्‍युको बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी भारतको बाटो हुँदै अवैधानिक रुपमा कुवेत आइपुगेकी थिइन् ।   

नेपाली दुतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले भने ‘अनिताको मृत्‍युको सम्बन्धमा प्रारम्भिक जानकारी आए पनि प्रहरी अनुसन्धान जारी रहेकाले के, कसरी किन ? भन्ने पूर्ण जानकारी आउन बाँकी छ। प्रहरीले दिएको जानकारीका आधारमा मृतक अनिता शाक्य अक्टोबर १६, २०१७ सोमबारका दिन कुवेत आएको देखिन्छ भने उनको अक्टोबर ३१, २०१७ मंगलबारका दिन कुवेतको हवाली (उनलाई कुवेत ल्याउने भारतिय एजेन्ट) को घरबाट खसेर मृत्‍यु भएको हो।’ उनले थपे ‘भारतीय एजेन्टको घरबाट भाग्न खोज्दा घरको तल्लाबाट खसेर मृत्‍यु भएको भन्ने प्रहरीले प्रारम्भिक जानकारी दिए पनि घट्नाको बारेमा अनुसन्धान भैरहेकोले अन्य विवरण आउन बाँकी छ।’ 

स्मरण रहोस,नेपाल सरकारले सन २०१४ मार्च देखीनै बैधानिक रुपमा कुवेतमा नेपाली घरेलु महिला कामदारलाई आउनको लागि रोक लगाए पनि भारतिय वा अन्य अबैधानिक बाटो तथा सेटिङबाट दिन प्रतिदिन नेपाली घरेलु महिला कामदारहरु कुवेत आईरेहका छन। नेपाली घरेलु महिला कामदारहरुका रुपमा कुवेत आउने नेपाली चेलीहरुले समाउने अबैधानिक बाटो नरोक्दा सम्म वा नेपाल सरकारले सुरक्षित रोजगारिका लागि दुई देश बिच सम्झौता गरेर बैधानिक बाटो नखोल्दा सम्म अबैधानिक कृयाकलापको सिकार हुँदै धेरै नेपाली चेलीहरु दिन प्रती दिन अझ बढी पीडित बनिरहेका छन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: