नवलपरासी, कात्तिक १६-
मलेशियाको फ्लीज ईन्टरनेशनल कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । नवलपरासी बिनयी त्रिवेणी गाउँपालिका ३ का मिनबाहादुर खाम्चाको अकस्मात बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो । उनी बैदेशिक रोजगारीको लागि २०७१ माघमा मलेशिया पुगेका थिए ।
खाम्चा कार्यरत कम्पनी मलेशियाको जोहरबारुमा छ । उनी कम्पनीमा काम गरेर आराम गरिरहेको अवस्थामा बेहोश भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । उनको सोही क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भएको जानकारी त्यहाँबाट उनका साथी उमाकान्त धमलाले पािरवारलाई गराएका थिए ।
२९ बषर््िाय खाम्चाको बुवा, आमा, श्रीमती र एक छोरी छन् । ३ जना दाजुभाई मध्ये जेठा नरबहादुर आगामी माघमा करार अवधी सकिएर घर फर्किने तयारीमा रहेको परिवारले जनाएको छ । उनका एक भाइ हाल मलेसियामा नै कार्यरत छन् ।
यो पनि पढ्नुहोस्
१४ नेपाली बिचल्लीमा, खान पनि अरुको भर
