तीनजना नेपाली सहित ५५ कामदार अस्पताल भर्ना

सारजहाँ, कात्तिक १६-

युएईको सारजहाँमा एक कम्पनीमा कार्यरत ५५ जना कामदार अस्पताल भर्ना भएका छन् । उनीहरु कार्यरत सो कम्पनीमा बुधवार विहान करिव ४ बजेतिर रसायनिक ग्यास चुहिएपछि सो समयमा कार्यरत कामदार विरामी परेका थिए ।

फोहोरमैला व्यवस्थापन गर्ने सो कम्पनीमा ग्यास चुहिएर कामदारहरु विरामी परेको खवर पाउनासाथ प्रहरीहरु घटनास्थलमा पुगेको र उद्धार गरेको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

यसरी विरामी पर्नेहरुमा तीनजना नेपाली सहित १२ जना भारतीय, एक पाकिस्तानी तथा अन्य अरु देशका नागरिक रहेको बताइएको छ । उनीहरुलाई तत्काल कुवेत अस्पताल, अल क्वासमी अस्पताल तथा अल धहिद अस्पतालमा लगिएको थियो । करिव दुई घण्टाको उपचार पश्चात अन्यलाई फर्काइएको र एकजनालाई थप उपचार आवश्यक परेका कारण अस्पतालमा नै भर्ना गरिएको समाचारमा उल्लेख छ ।

विरामीहरुलाई घाँटी पोल्ने, छाती दुख्ने तथा स्वास फेर्न गाह्रो भएको उल्लेख छ । चिकित्सकहरुले कुन ग्याँसका कारण यस्तो भएको हो भन्ने पत्तो लागि नसकेको बताएका छन् ।

 यो पनि पढ्नुहोस्

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय