अव नेपालबाट कुवेतमा सीधा उडान

काठमाडौं, कात्तिक १४- नेपाल र कुवेतबीच पहिलोपटक सिधा उडान हुने भएको छ । कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेतकाठमाडौं उडान भर्न अनुमति पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातानीय एयरवेजलाई उडान अनुमति दिएको हो । उक्त एयरवेजले अनुमति पाएसँगै नेपालमा २९ एयरलाइन्सले उडान गर्ने छन् ।

वातानीयले दैनिक उडान भर्ने स्वीकृति पाएको छ, केही महिनाभित्रै उडान थाल्ने योजनामा छ,” मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने । नेपालसँग सिधा हवाई उडानमा कुवेत जोडिँदा त्यहाँ रहेका नेपाली कामदारलाई फाइदा पुग्ने नेपालले जानकारी दिए । कुवेतमा हाल ९० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ । विशेषतः नेपाली महिला घरेलु श्रमिकका रूपमा कुवेतमा कार्यरत छन् । नेपालसँग सिधा हवाई मार्गमा जोडिँदा कामदारसहित व्यापार विस्तारमा पनि सहयोग पुग्ने नेपाल कुवेत उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्करदास श्रेष्ठले बताए ।  

कुवेत पुग्न हाल नेपालीले फ्लाई दुबई, कतार एयरवेज, ओमन एयर लगायतका एयरलाइन्ससँग भर पर्नु परेको छ भने ति मुलुकमा घन्टौ ट्रान्जिटमा बस्नुपर्ने बाध्यता अब हट्ने उपाध्यक्ष श्रेष्ठले बताए । कुवेतकाठमाडौं तथा काठमाडौंकुवेत सिधा उडान पाँच घन्टाको मात्रै हुने छ । सन् २००५ बाट उडान थालेको वातानीय एयरवेजले हाल दुईवटा एयरबस ३२० जहाज मार्फत ७ वटा गन्तव्यमा उडान गर्दै आएको छ । कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय