व्लडमनी जुटाउन घरदैलो गर्दै   

काठमाडौं, कात्तिक १३-

साउदी अरवमा भएको सडक दुर्घटनामा दोषि ठहर्याइएका नवलपरासीका थानेश्वर भुषाललाई जेलमुक्त गर्न बैदेशिक रोजगारीमा रहेकाहरुका परिवार विदेशबाट फर्केका नेपालीले अभियान सञ्चालन गरिरहेका छन् ।यसैगरी उनको रिहाईका लागि रकम संकलन गर्ने काम विदेशमा समेत भइरहेको छ । बैदेशिक रोजगारीमा रहेकाहरुले पनि भुषालको रिहाईका लागि यथासक्य रकम दिइरहेका छन् ।  

भुषालको रिहाईका लागि आवश्यक पर्ने रकम जुटाउन नवलपरासीमा आप्रवासी कामदार हकहित संरक्षण मञ्चले अभियान सञ्चालन गरिरहेको छ । नवलपरासीमा मञ्चका सदस्यहरुले हालसम्म लाख हजार नगद संकलन गरिसकेको मञ्चका अध्यक्ष बलबहादुर थापाले बताए उनले घरदैलो तथा व्यक्तिगत रुपमा भेटेर रकम संकलन भइरहेको बताए

“परदेशमा एकजना नेपालीलाई परेको समस्या हामी सवै नेपालीलाई परेको समस्याका रुपमा लिएर हामीले अभियान चलाएका हौं” थापाले भने “एकले थुकी सुकी, सयले थुकी नदि भन्ने भनाई अनुसार हामी लागि परेका हौं ।” स्वदेशमा घरदैलो मार्फत रकम संकलन गरिरहे झैं बैदेशिक रोजगारमा रहेकाहरुले पनि भुषाललाई रिहा गराई स्वदेश फर्काउन रकम संकलन गरिरहेका छन् । 

  

 

भुषालका लागि व्लड मनी जुटाउन यसअघि नै बैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुको संस्था प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)ले थानेश्वर भुषाल बचाउ अभियान सञ्चालन गरिरहेको सो अभियान पश्चात हालसम्म भुषालको रिहाईका लागि ५ लाख २ हजार १ सय ६५ रुपैंया संकलन भइसकेको पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । हालसम्म साउदी अरवमा ४० हजार रियाल(नेरु झण्डै ११ लाख) संकलन भएको छ । त्यसमध्ये यसअघि पठाएको ४ लाख ८३ हजार नेपालमा बैंकमा जम्मा भइसकेको हो भनें बाँकी रकम नोभेम्वरको दोश्रो सातासम्म नेपाल पठाउने योजना रहेको साउदी अरवमा थानेश्वर भुषाल बचाउ अभियानमा सक्रिय अञ्जन पोखलेलले बताए । यसमध्ये जेद्धाबाट ३० हजार रियाल र दमामबाट १० हजार रियाल संकलन भएको हो । 

एक भारतीय चालकले चलाएको गाडीले पछाडीबाट ठक्कर दिंदा थानेश्वरले चलाइरहेको गाडी उछिट्टीएर अगाडीको कारमा लाग्न पुग्दा सो कारमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो ठक्कर दिने गाडीका भारतीय चालकको पनि सोहि घटनामा मृत्यु भएका कारण साउदी नागरिकलाई तिर्नुपर्ने व्लडमनीको ९० लाख मध्ये थानेश्वरको भागमा ४५ लाख तिर्नुपर्ने निर्णय साउदी अरवको अदालतले सुनाएको भुषाललाई उनको कम्पनीले सवारी चालक अनुमतिपत्र नवनाइदिएको तर गाडी चलाउन बाध्य बनाएका कारण भुषाल समस्यामा परेका हुन् हाल चार बर्षदेखि उनी साउदी अरवको एक जेलमा थुनिएका छन्  

 

थानेश्वरकी आमा यामकला भुषालले आफ्नो छोरो निर्दोष हुँदा हुँदै फसेको भन्दै उद्धारका लागि अपिल गरेकी छिन् उनले परिवन्दमा परेर छोरो साउदीमा जेल परेको हाल उनको स्वदेश फिर्तिका लागि ४५ लाख व्लडमनी तिर्नु पर्ने अवस्था आएको भन्दै उद्धारमा पहल गरिदिन आग्रह गरेकी हुन्

उनको उद्धारका लागि सहयोग गर्ने उद्धेश्यले पिएनसीसी तथा देशपरदेश डटकमले भिडियो अपिल बनाएर समेत प्रदर्शन गर्दै आएको

हेर्नुहोस् थानेश्वरका बारेमा बनाइएको भिडियो

https://www.facebook.com/deshparadesh/videos/1975106229440560/ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: