कतारले कामदारको न्यूनतम तलव तोक्ने

 

काठमाडौं- कतारले पहिलो पटक आप्रवासी कामदारको न्युनतम तलव तोक्ने भएको छ । कतारको यो निर्णयले ४ लाख भन्दा बढी नेपाली सहित लाखौं आप्रवासी कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलव तोक्ने निर्णय गरेको हो । यसले लाखौं श्रमिकलाई फाइदा पुग्ने विविसीले समाचार लेखेको छ । यसअघि कतारले रोजगारदाता र श्रमिकबीच कति तलवमा काम गर्ने भन्ने निक्र्यौल गर्ने अधिकार भएको भन्दै आफ्ना रोजगारदातालाई सुविधा दिंदै आएको थियो । यसले नेपालले कतार जाने कामदारका लागि न्यूनतम तलव तोकेपनि सो लागु हुन सकेको थिएन । 

कतार सरकारको पछिल्लो निर्णयलाई श्रमिकहरुको विश्वव्यापी यूनियन आईटीयूसीले स्वागत गरेको छ । आइटीयूसीकी महासचिव सरण बरोले यसको स्वागत गरेकी छन् । विज्ञप्ती मार्फत उनले कतारको यो निर्णय अविलम्व लागु हुने अपेक्षा प्रकट गरेकी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: