घर विदामा आएकालाई पुनः फर्कने व्यवस्था गर्न पहल हुँदै

 

काठमाडौं- लेबनान पुगेर काम गरिरहेका नेपालीलाई बिदामा घर आएर पुनः फर्केर काम गर्न जान पाउने व्यवस्था गर्न इजिप्टस्थित नेपाली दूतावासले प्रक्रिया अघि बढाएको छ । अवैधानिक भएर घर फर्किन नसकेका केही नेपाली नागरिकको फिर्ता प्रक्रिया र वैध रुपमा काम गरिरेहेकाको हकमा पुनः त्यहाँ गएर काम गर्न पाउने व्यवस्था मिलाउने कार्य अघि बढाउन लागेको जानकारी दूतावासले दिएको छ ।

लेबनानको लागि गैर आवासिय राजदूतसमेत रहेका झविन्द्र अर्यालले लेबनानका राष्ट्रपति जनरल माइकल औनसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा यस्तो प्रक्रिया अघि बढाउने पहल गरेका हुन् । उनले ओहोदाको प्रमाण पत्र बुझाउने क्रममा नेपाल र लेवननको सम्वन्ध, राष्ट्रपतिको सन्देश सुनाउनुका साथै आपसी हितको विषयमा छलफलसमेत गरेका थिए ।

लेवननमा नेपाली महिलाहरूले घरायसी काम सघाउने गरी काम गरिरहेका छन् भने युवकहरु पनि विभिन्न कम्पनीमा कार्यरत छन् । १२ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान गर्दै उनले भने, ‘नेपाल र लेबनन बीच फ्रेमवर्क श्रम सम्झौता आवश्यक रहेको छ । यसमा पहल गरेको छु ।यसमा लेवनन सकारात्मक बनेको जानकारी उनले मन्त्रालयमा पठाएका छन् ।  

इजिप्टका लागि आवासीय राजदूत अर्याल लेबननका लागि गैरआवासीय राजदूत हुन् । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय