युएई-
युएईको पुरानो संस्था नेपाली समाज युएईले तिहार तथा छठपर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बरदुबईमा भएको कार्यक्रममा विभिन्न सामाजिक संस्थाका अध्यक्ष तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले चाड पर्व आपसी एकता र सद्भावका लागि महत्वपुर्ण हुने भएकाले प्रवासमा पनि यसलाई निरन्तरता दिने कोशीस गर्नु पर्ने बताए ।
कार्यक्रममा हामी नेपाली एसोसिएसनका अध्यक्ष दिनेश आचार्यले हामी अर्काको मुलुकमा भएकाले स्थानीय कानुनलाई सम्मान र पालनामा ध्यान दिनु पर्ने बताउदै नेपाली समाजलाई पनि दर्ता भएर बैधानिक रुपमा अगाडी बढ्न सुझाव दिए । त्यसका लागि आवश्यक सहयोगका लागि आफु सधैं तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा नेपाली सोसिएल क्लबका अध्यक्ष तथा संस्थाका सल्लाहकार शालिक सुवेदी, नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष तथा सस्थाका सल्लाहकार पासाङ शेर्पा, गैर आवासिय नेपाली संघ, युएईका उपाध्यक्ष नेत्र शर्मा, नेपाली समाजका पूर्व महासचिव मणि भूर्तेल, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, पाल्पा समाजका खुम आले, रुपन्देही समाजका हरि चापागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नोमान सिद्धीकीले स्वागत गरेका थिए ।