विश्वव्यापी अभियानमा हामी नेपाली

 

मोहन बस्याल, यूएई-

युएईमा सामाजिक संस्थाको रुपमा दर्ता भएको हामी नेपाली एसोसिएसनले युएईमा रहेका सबै नेपालीको साझा संस्था बन्ने अभियान शुरु गरेको छ । यसका लागि अभियानका रुपमा सदस्यता विस्तार गर्न लागिएको संस्थाका अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । हाल संस्थामा ६० जना सदस्य पुगेको जानकारी दिदै यसलाई ब्यापक रुपमा अगाडी लगिने उनले जानकारी दिएका छन् ।

सदस्यताका लागि ५ सय, १ सय र २५ दिराम शुल्क तोकिएको छ । सदस्य बन्नका लागि  नमस्ते ट्राभल्सको माथील्लो तल्लामा रहेको कार्यालयमा आई फारम भर्नु पर्ने उनले जानकारी दिए । सदस्यलाई परिचय पत्र र संस्थाको नाम अंकिट टिसर्टको ब्यवस्था गरिने उनले बताए । सदस्यलाई आई पर्ने सुख दुःखमा संस्था सहयोगी बन्ने उनले बताए । सदस्यताको अवधि एक बर्षको रहने उनले जानकारी दिए ।

बैधानिक संस्थाका लागि विश्वब्यापी अभियान

प्रवासमा रहेका नेपालीले स्थानीय कानुनको सम्मान र पालन गर्नु पर्ने बताउदै यसका लागि बैधानिक संस्था निर्माण गर्न र त्यसमा आवद्ध हुन सबैलाई आह्वान गरिएको छ । संस्थाका अध्यक्ष आचार्यले विश्वका अन्य मुलुकमा पनि नेपाली नागरिकले स्थापना गरेको संस्थालाई स्थानीय कानुन अनुसार दर्ता गर्न तथा बैधानिकता दिन आह्वान गरे । यसका लागि आश्यक सहयोग र सहकार्यका लागि हामी नेपाली एसोसिएसन, युएई सधै सकृय रहने उनले जानकारी दिए । कुनै पनि बेला कानुननी जटिलता आउन सक्ने भएकाले समयमै सचेत हुन उनले सबैलाई आग्रह गरे । अन्य मुलुकमा पनि हामी नेपाली एसोसिएसन दर्ता भए विश्वब्यापी सञ्जाल बनाईने उनले बताए । 

नेपाल महोत्सवको तयारी तिब्र

विश्वमा नेपाली कला, संस्कृति र पर्यटनको प्रचार प्रसारमा सघाउने उद्धेश्यले  निकट भविश्यमा युएईमा नेपाल महोत्सव गर्ने गरि तयारी अगाडी बढेको हामी नेपाली एसोसिएसनले जानकारी दिएको छ । युएईमा काम गर्ने सबै नेपालीलाई पायक पर्ने स्टेडियममा नेपाली गित संगित, खेलकुद र खाना सहितको नेपाल महोत्सव गर्न लागिएको अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।  कार्यक्रमका लागि नेपालमा रहेका फुटवल क्लब, सांगितिक समुह लगायतसंगको प्रकृया पुरा भएको उपाध्यक्ष संजय पाण्डेले जानकारी दिए । स्थानीय प्रसासनबाट अन्य कुराको तयारी भएपनि पायक पर्ने स्थानमा स्टेडियम  पाउन नसकेकोले ढिला भएको  उनले जानकारी दिए । अलहलिया क्लबको स्टेडियम मर्मतको क्रममा रहेको र मर्मतको काम चाडै सकिए त्यही कार्यक्रम गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

सुस्तामा सामाजिक भवन बनाउन दशलाख दिने

बर्षेनी आउने बाढिबाट समस्या भोग्दै आएका नवलपरासीको सुस्ताबासीका लागि सामाजिक भवन बनाउन हामी नेपाली एसोसिएसनले नेपाली १० लाख रुपैया उपलब्ध गराउने भएको छ । बाढी आएको बेला सुरक्षित रुपमा गाउँलेलाई राख्न मिल्ने सुरक्षित स्थल निर्माणका लागि रकम सहयोग गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिए । नेपाली सेनाको सहयोगमा भवन  निर्माण हुने र सशस्त्र प्रहरीले भवनको रेखदेख गर्ने गरि सामाजिक भवन बनाउने प्रकृया अगाडी बढेको उनले जानकारी दिए ।

हालै आएको बाढिबाट पिडित बनेकाका लागि करिब तीन लाख रुपैया बराबरको राहत वितरण गरिएको पनि उनले जानकारी दिए । युएईमा रहेका संघ संस्थाले बाढि पिडितका लागि राहत संकलन गर्न बनाएको संयुक्त संयन्त्रमा पनि एक लाख रुपैया हामी नेपाली एसोसिएसनले उपलब्ध गराएको थियो ।

व्यवस्थापकको खोजी 

हामी नेपाली एसोसिएनका गतिविधिलाई तिब्रता दिन पुर्ण कालिन ब्यवस्थापकको खोजी भैरहेको अध्यक्ष आचार्यले जानकारी दिए । युएईमा रहेका संघ संस्थासंगको सहकार्यमा गतिविधि गर्ने, पत्रिका प्रकाशन गर्ने लगायतका कामका लागि पत्रकारिता वा गैरसरकारी संस्थामा काम गरेको अनुभव भएको महिला वा पुरुष ब्यवस्थापकको खोजी भएको उनले जानकारी दिए । ब्यवस्थापकको नियुक्ती पछि नेपालमा हुन सक्ने लगानीका बिषयमा पनि छलफल अन्तरकृया लगायतका काम हुने उनले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: