भिजिट भिषाको धन्दामा मेनपावर कम्पनीहरु

काठमाडौं- कामदारलाई कानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने अनुमति प्राप्त मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा लागेको पाइएको भिजिट भिसामा कामदारलाई खाडी मुलुक पठाउने उनीहरूबाट ठूलो रकम असुली गर्ने धन्दामा लागेको अभियोगमा प्रहरीले पान्डोरा टिम कर्पोरेसनका सञ्चालक ईश्वर भण्डारीलाई पक्राउ गरेपछि भिजिट भिसा चलाइरहेको गिरोहबारेको तथ्य सार्वजनिक भएको हो

१६ जनालाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पारेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले बागलुङको हटिया घर भई पान्डोरा टिम कर्पोरेसन मेनपावर सञ्चालन गरिहेका भण्डारीसहित सोही मेनपावरका लागि एजेन्टको काम गरिरहेका विर्घमान गुरुङ, राजु घले भानु ढकाललाई पनि पक्राउ गरेको ब्युरोको प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ढकाल भने ट्राभल सञ्चालक रहेको प्रहरीको भनाइ

राम्रो पारिश्रमिक पाइने भन्दै गिरोहले भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएका १६ जना अलपत्र परेपछि ब्युरोले अनुसन्धान थालेको थियो रोजगारीको क्रममा विदेश पुगेका उनीहरू अलपत्र परेपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)  एनआरएनए युएई शाखाको सहयोगमा नेपाल फर्काइएको थियो प्रहरी उपरीक्षक श्रेष्ठले भिजिट भिसा चलाइरहेको गिरोहमा थुप्रै व्यक्ति सामेल भइरहेकाले खोजी जारी रहेको जानकारी दिए

गन्तव्य मुलुकका रोजगारदाताबाट कामको माग ल्याउन नसकेका व्यक्तिले युवायुवतीलाई भिजिट भिसा ९पर्यटक बनाएर० मा विदेश पठाउने गर्छन् भिजिट भिसामा पठाउँदा समय पनि निकै कम लाग्ने भएकाले उक्त धन्दा फस्टाइरहेको बताइन्छ वैदेशिक रोजगार ऐनले भिजिट भिसामा जानेलाई विदेशमा काम गर्ने अधिकार दिएको छैन भिजिट भिसामा जानेहरु गन्तव्य मुलुकमा तीन महिनासम्म वैध हुन्छन् भिजिट भिसामा गएकाहरूले गन्तव्य मुलुकमा तीन महिनासम्म काम पाएर आवश्यक कागजपत्र बनाउन नसके अलपत्र पर्ने गर्छन्

पक्राउ परेका चारैजनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको श्रेष्ठले बताए प्रहरीका अनुसार छिटो कमाउने लोभले गिरोहले युवायुवतीलाई भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउँछ कानुनी रूपमा नमिल्ने भए पनि शिक्षित युवायुवती समेत गिरोहको प्रभावमा पर्दा ठगीमा परिरहेको प्रहरीले जनाएको वैदेशिक रोजगारीकै नाममा शिक्षित युवायुवती ठगिएको देख्दा अचम्म लाग्छ,’ एक प्रहरी अधिकृतले भने, ‘वैदेशिक रोजगारीबारे यथार्थ कुरा नबुझ्दा समस्या चुलिँदो  

अनुमति नलिएका कुनै पनि व्यक्तिले युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउन नहुने ऐनमा उल्लेख कानुनी मान्यता नलिएका व्यक्तिले युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाए त्यस्ता व्यक्तिलाई जेलमा राख्नेदेखि लिएर बिगोको डेढ गुणासम्म जरिवाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई तर, विभागका अधिकारीले कानुन अनुसार पीडितलाई सहयोग नगर्दामा प्रहरीमा उजुरी पर्ने क्रम बढेको एक प्रहरी अधिकृतले सकेसम्म वैदेशिक रोजगार पीडितलाई विभागमै पठाउने गरे पनि ठूलो संख्याका पीडितको उजुरी आइरहँदा प्रहरीको नियमित काम प्रभावित हुने गरेको वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई प्रहरीले ठगी लगायतको कसुरमा कारबाही गर्ने गरेको नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: